वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा चतुर्थी - १९
नेपालका अधिकांश जनताहरु खेतीपातीको निम्ति जलाधारीय स्रोतहरु विशेष गरी वनजंगल, माटो, जल आदीमा निर्भर रहेकाले यीनको व्यापक सुधार, संरक्षण एवं व्यवस्थापन नभएसम्म ग्रामिण क्षेत्रमा वसोवास गर्ने जनताको जीवनस्तर माथि उठ्न सक्दैन।जनताको जीवनस्तर उठाउन र वातावरणीय सन्तुलन कायम राख्न भू-संरक्षण तथा जलाधार व्यवस्थापनको माध्यमद्वारा भू-क्षय रोकथाम गरी जमिनको उर्वशक्ति बढाउन नितान्त आवश्यक हुन्छ। यसै आवश्यकता लाई मध्यनजर गर्दै यस कार्यालयले जलाधारीय स्रोतहरु: जल, जमिन, जंगल, जनावर र जनताको उचित संरक्षण, सदुपयोग एवं व्यवस्थापनबाट जलाधार क्षेत्रमा वसोवास गर्ने जनतालाई खाध्यान्न, नगदेवालीका साथै घाँस, दाउरा र काठजस्ता वनजन्य आधारभूत स्रोतहरु दिगो रुपमा उपलब्ध गराई गरिवी निवारणमा ठोस मद्धत पुर्याउदै आएको छ।
भू संरक्षण तथा जलाधार व्यवस्थापन गर्ने उद्देश्यले वि.सं. २०५० मंसिर महिनामा जिल्ला भू-संरक्षण कार्यालय ललितपुरको स्थापना भएको हो। साथै नेपालमा २०७२ सालमा नयाँ संविधान जारी भइ मुलुकको शासकिय व्यवस्था संघियतामा परिवर्तन भइ प्रशासनिक हेरफेरसंगै यस भू तथा जलाधार व्यवस्थापन कार्यालय ललितपुरको स्थापना वि.सं. २०७५ कार्तिक ९ मा भएको हो।
यस कार्यालयको कार्यक्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर जिल्ला र काभ्रेपलान्चोक जिल्लाको खानीखोला गाउँपालिका तथा महाभारत गाउँपालिका (बागमती जलाधार क्षेत्र) रहेको छ।